म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, १५ : २५
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताउनुभएको छ ।

आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभदा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गर्नुभयो । ‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बिचको एकता नै एमाले हो’, उहाँले भन्नुभयो । 

बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी बताउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाट नै भएको पनि जानकारी दिनुभयो । ‘यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकोले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो, विभिन्न कुरा उठे तर मत–मतान्तर भने भएन’, उहाँले भन्नुभयो । 

गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकोले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । ‘सङ्ख्या १० औँ महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको सङ्ख्या घट्यो तर पदाधिकारी सङ्ख्या १९ नै रहने भयो’, उहाँले भन्नुभयो । 

बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाट नै नेतृत्व टुङ्गियोस् भन्ने चाहना रहेको बताउँदै उहाँले सहमतिको लागि प्रयास हुने बताउनुभयो । सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने बास्कोटाको धारणा छ । ‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नु पर्छ, मानिन्छ’, उहाँले भन्नुभयो । 

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पार्नुभयो । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उहाँले भन्नुभयो । 

अधिवेशनको बेलामा ‘आगो बलेको बेलामा धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनु पर्छ’, उहाँले भन्नुभयो । 

प्रचण्डले भन्दैमा एमालेमा कुनै टुटफुट र विभाजन नहुने उहाँले बताउनुभयो । बास्कोटाले प्रचण्डलाई आफूले बनाएको स्वार्थबन्दीको मोर्चा चलाएर देखाउन आग्रह गर्नुभयो । ‘कसैले जित्यो वा हार्‍यो भन्दैमा एमाले विभाजित हुन्छ भन्ने चेतना लघुताभाषी चेतना हो’, उहाँले भन्नुभयो । 

एमाले अध्यक्ष केपी ओलीलाई पार्टीमा कसलाई के बनाउने भन्दा पनि एमालेलाई पहिलो पार्टी बनाउने चिन्ता भएको बास्कोटाले बताउनुभयो । त्यसैले पार्टी भित्र कसलाई के बनाउने भन्ने धन्दामा केपी ओली नलाग्ने उहाँले स्पष्ट पार्नुभयो । 

बास्कोटाले एमाले चुनावबाट नभाग्ने बताउँदै चुनावको लागि वातावरण बनाउन आग्रह गर्नुभयो । लुटिएका हतियार फिर्ता ल्याउनु पर्ने, एमाले अध्यक्षलाई लगाएको स्थानहद खोलिदिनु पर्ने र राजनीतिक दलहरू सहज रूपमा निर्वाचनमा जाने वातावरण बनाउनु पर्नेमा उ

प्रतिक्रिया दिनुहोस