एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०८२, १२ : २१
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौटका सन्दर्भमा गलत संस्कार देखिन पुगेको बताएका छन् ।

विगतका समेत प्रतिनिधि भएर महाधिवेशनमा भाग लिएको अनुभव सुनाउँदै उनले प्रतिनिधि छनौटमा पाखुरा सुर्कनुलाई घातक संस्कारको संज्ञा दिएका हुन् ।

‘चौथोमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका वाईएलले (युथ लिग) बदम, मकै शिला खोजर सहयोग पठाइयो । तर पाँचौँदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्राय: सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो । यो घातक संस्कार हुर्कन दिन हुँदैन ।’

महाधिवेशनका लागि प्रतिनिधि छनोटमा केही जिल्लामा विवाद भएको छ । यस सन्दर्भमा बास्कोटाले सामाजिक सञ्जालमार्फत खबरदारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस