काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौटका सन्दर्भमा गलत संस्कार देखिन पुगेको बताएका छन् ।
विगतका समेत प्रतिनिधि भएर महाधिवेशनमा भाग लिएको अनुभव सुनाउँदै उनले प्रतिनिधि छनौटमा पाखुरा सुर्कनुलाई घातक संस्कारको संज्ञा दिएका हुन् ।
‘चौथोमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका वाईएलले (युथ लिग) बदम, मकै शिला खोजर सहयोग पठाइयो । तर पाँचौँदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्राय: सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो । यो घातक संस्कार हुर्कन दिन हुँदैन ।’
महाधिवेशनका लागि प्रतिनिधि छनोटमा केही जिल्लामा विवाद भएको छ । यस सन्दर्भमा बास्कोटाले सामाजिक सञ्जालमार्फत खबरदारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा