काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिएको भन्दै यस्तो घातक संस्कारलाई हुर्कन दिन नहुने बताएका हुन्।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साट्दै एमालेको महाधिवेशनमा 'निति विचारकै बहस' चर्कने गरेको स्मरण गरेका छन्। उनले चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका युथ लिग (वाईएल) ले बदाम, मकै र शिला खोजेर सहयोग पठाएको उल्लेख गरेका छन्।
त्यसपछि पाचौँ महाधिवेशनदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधि कै रूपमा सहभागी हुने अवसर पाएको बताउँदै उनले महाधिवेशनमा वैचारिक बहसको परम्परा रहेकोमा अहिले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्केको’ सुनिनुलाई घातक संस्कार भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा