जनकपुर । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।
यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन गरेको थियो। तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की