जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टा भित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । यद्यपि आफूले अहिलेसम्म पत्र प्राप्त नगरेको उनले बताए ।
उनले भने ‘अब केही बेरपछि मेल खोल्छु चिठी आएको छ कि छैन भन्ने हेर्छु ।’ मुख्यमन्त्री यादवले सर्वोच्चले आफूलाई दिएको आदेशलाई शिरोधार्य गरेर अगाडि बढ्ने समेत बताए ।
उनले विश्वासको मत लिन नसके राजीनामा दिने सङ्केत दिएका छन् । विश्वासको मत प्राप्त गर्नका लागि परामर्श अगाडि बढाइसकेको उनको भनाइ छ । उनले भने ‘सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु, विश्वासको मत लिन सक्ने वा नसक्ने पहिल्यै नै थाहा भई हाल्छ । विश्वासको मत लिन नसक्ने स्थिति आए राजीनामा दिनेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त