काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितका पदाधिकारी र पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।
गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि एक महिनासम्म पार्टीका गतिविधिमा नदेखिएका देउवाले पार्टीभित्र महाधिवेशनबारेको विवाद झन गहिरिँदै गएपछि पुनः सक्रियता देखाएका हुन् । बिहीबारदेखि नेताहरूसँग छुट्टाछुट्टै नेताहरूसँग छलफल गरिरहेका देउवाले आइतबार दुबैतर्फका नेताहरूलाई भेटमा बोलाएका हुन् ।
कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नेमा अड्डी कसेपछि विवाद भइरहेको छ । निर्वाचन अगाडि महाधिवेशन गर्नै हुन्न भन्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
संस्थापन पक्षमा अरु नेताहरू पनि निर्वाचन पछाडि महाधिवेशन गर्नपर्छ भनिरहेका थिए । तर, पार्टीको विवाद समाधान गर्न मध्यमार्गी नेताहरूको प्रयासपछि उनीहरू निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न राजी भएका छन् ।
तर निधि र सिटौला सहमत नहुँदा समस्या भइरहेको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति