दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने बताएका छन् ।
शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले १५ वटा विभिन्न कम्युनिस्ट घटक र समूहहरू मिलेर बनेको यो नेकपा चुनाव जित्नका लागि मात्र नभई राष्ट्र र जनताको रक्षाका लागि गरिएको ऐतिहासिक सङ्कल्प भएको दाबी गरे ।
प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गरे। उनले भने, ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन। हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।’ उनले यो एकता सभालाई ’आत्मालोचना सभा’ र ’सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’: प्रचण्ड
परम्परागत ‘चल्ते चलाते’ ढंगले अहिलेको परिस्थितिको सामना गर्न सकिँदैन: प्रचण्ड
वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड