काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले अबको मन्त्रिमण्डल विस्तारमा महिलालाई प्राथमिकता दिइने बताएकी छिन् ।
उनले भनिन्, ‘पहिले पनि मन्त्री बनाउन महिलालाई प्राथमिकता दिइएको हो । तर महिला खोज्दा क्रमिक रुपमा पुरुष नै भेटिन्छ । अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइन्छ । उनीहरूलाई अग्रणी दिइन्छ ।’
लैङगिक हिंसा विरुद्धको अभियान समाजमा चेतना जगाउने दिवस प्रतीक भएको प्रधानमन्त्री कार्कीको भनाइ छ । ‘यो १६ दिनमा कम्तिमा एउटा कुरा परिवर्तन गरौँ न । मुलुकको अवस्था हेरेर मितव्ययिता भएर काम गर्नुपर्छ । सकारात्मक सोच बनाउने प्रतिबद्धता हो ।
त्यसैगरी प्रधानमन्त्रीले नेपालमा महिलाको लागि बनेको कानुन कार्यान्वयनमा आउन नसकेको बताइन् ।
भन्छिन्, ‘महिलाले उजुरी गर्यो भने पावरफूल मान्छेका कुरा सुनेर न्याय गर्ने संस्कार छ । महिलामाथि हुने हिंसाले मानसिक चोट ल्याउँछ । त्यसले डिप्रेसन ल्याउँछ । त्यसले परिवारै समाप्त पार्छ । हिंसाको अन्त्य गर्न समाजलाई जगाउनु पर्छ । महिलाको पनि मानव अधिकार छ भन्ने बुझ्नुपर्छ । सासू र बुहारीबीचमा बेमेल छ । महिला र पुरुष नमिली परिवार र समाज बन्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना