काठमाडौं । जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएकोबारे ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि नाराबाजी गरेका हुन् ।
मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको जेन-जी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि भेट्न पाएनन् । तर प्रधानमन्त्रीले समय नदिएको उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री