काठमाडौं । जेन-जीहरूको एउटा समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएकोबारे ध्यानाकर्षण पत्र बुझाउन गएका जेन-जीको समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि नाराबाजी गरेका हुन् ।
मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको जेन-जी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि भेट्न पाएनन् । तर प्रधानमन्त्रीले समय नदिएको उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की