काठमाडौ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
'आज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो,' उनले भने, 'पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्यौँ।'
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको छ। प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति