काठमाडौ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
'आज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो,' उनले भने, 'पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्यौँ।'
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको छ। प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
यस्तो छ काँग्रेस सुधार्न ४० वर्षमुनिका १०१ नेताले बनाएको संयोजन समिति (सूचीसहित)
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल