भानुभक्क्त माध्यामिक विद्यालयमा रुद्री पुजा

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०७५, १८ : ११
भानुभक्क्त माध्यामिक विद्यालयमा रुद्री पुजा

चितवन । भानुभक्क्त माध्यामिक विद्यालय नारायणगढले विद्यालयमा रुद्री पुजा गरेको छ । अकालमा मृत्यु भएका बालबालिका, शिक्षक, कर्मचारी तथा अभिभावकहरुको उक्तम गतिको कामना गदै पुजा गरिएको विद्यालयले जनाएको छ ।  
विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रम अन्र्तगत रुद्राभिषेक, भागवत, पारायण चण्डी पाठ स्वस्ति शान्ति एवं बास्तु पुजन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी एवं विद्यालय व्यवस्थापन समितिमा रहेका काम गरेका तर अकालमा मृत्यु भएकाको नाममा रुद्राभिषेक पुजा गरिएको विद्यालया प्रधानध्यापक विष्णु सापकोटाले जानकारी दिनुभयो । सापकोटाले यसै वर्ष मात्रै विद्यालयमा अध्ययन गरिरहेका दुई जना छात्रहरुको ज्यान गएको समेत बताउनु भयो । स्वर्ण महोत्सवको पूजन पाठ व्यवस्थापन उप समितिका संयोजक हरिभद्र खनालको संयोजनमा पूजा गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस