काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको सिमरामा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैलाई संयमित हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको स्मरण गराएका छन् ।
उनले हिजो सिमरामा घटेको जस्तो घटनाले संविधान र निर्वाचन दुवैलाई अप्ठ्यारोमा पार्न सक्ने चेतावनी दिएका छन् ।
उनले निर्वाचनको वातावरण नबिगार्न सम्बन्धित सबै पक्षलाई अपिल गर्दै भनेका छन्, 'संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।' एमाले नेता महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गर्दा बुधबार सिमरा क्षेत्र तनावग्रस्त बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल