काठमाडौ । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
सो दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने छ । नेकपा (एमाले) ले अहिलेकै परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिने दाबी गर्दै आएको छ । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले धादिङको कार्यवाहक अध्यक्षमा श्रेष्ठ
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल