काठमाडौ । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
सो दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने छ । नेकपा (एमाले) ले अहिलेकै परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिने दाबी गर्दै आएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै