काठमाडौँ । आगामी माघ ११ गतेबाट हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेको तर्फबाट प्रतिनिधि निरज आचार्य दर्ताको लागि निर्वाचन आयोग पुगेका थिए ।
उनले भने, ‘राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा एयरपोर्ट अवरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल-आबद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिक रूपमा गलत कार्य हो।’
सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद भएको उनको टिप्पणी छ।
उनले थपेका छन्, ‘हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।’
उनले अवरोधले विचलित नहुने भन्दै लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी राख्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति