जनकपुर । मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।
आजको बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाअभियोगमाथि छलफल हुने बताइएको छ ।
मधेस प्रदेशसभा सञ्चालनका लागि मङ्गलबार एमालेबाहेक विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष बैठक आह्वानको माग गरेका थिए ।
प्रदेशसभा नियमावलीमा प्रदेशसभाका २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेमा बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।
गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन