राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, १३ : ०७
राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ’ काफ्लेले भने ।

अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्‍यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।

 

प्रतिक्रिया दिनुहोस