स्कुले केटाकेटीहरु काठमाडौंको लजहरुमा गाँजा तान्दै

सफल खबर संवाददाता

शनिबार, २२ मंसिर २०७५, १७ : ०१
स्कुले केटाकेटीहरु काठमाडौंको लजहरुमा गाँजा तान्दै

काठमाडौं । प्रहरीले राजधानीको गोंगवुको लजमा गाँजा तान्दै गरेको अवस्थामा विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।  शुक्रवार राति महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा लजहरुमा स्वीप अपरेशन चलाउँदा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी गाँजा तान्दै गरेको अवस्थामा सामातिएका हुन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँका अनुसार स्कुल कलेज पढ्ने केटाकेटीहरु लजमा कोठा लिएर समूहिक रुपमा गाजा सेवन  गरेको भेटिएको हो । उनीहरुले प्रहरी सामु बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट निस्केको बताएका थिए । काठमाडौं बाहिरबाट आएका विद्यार्थीहरुले पनि अभिभावकलाई थाहै नदिई लजमा बसेर गाँजा सेवन गरेको भेटिएको छ । 

प्रहरीले गाँजा सेवन गर्ने विद्यार्थीसहित होटल गेष्टहाउमा शंकास्पद गतिविधि गर्ने ४२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु मध्ये ३२ जनाको गोजीमा गाँजा भेटिएको  डिएसपी प्रसाईँले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस