काठमाडौ । प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्।
उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रस्ट पारिएको उनको भनाइ छ।
गौतमले दिएको जानकारीअनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ।आजको कार्यक्रममा जनतालाई जगाउने नारा पार्टी केन्द्रले तय गरेको छ।
प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन दिएको छ।
जनप्रर्दशनका तस्बिर, भिडिओ र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चारमाध्यममा पठाउन पनि एमालेले यसअघि नै निर्देशन दिइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति