काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र संगठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मंसिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्ने गरी यही कात्तिक १५ गतेको एमालेको सचिवालय बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टी सदस्यताको संख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताए । यस मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसंठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उनले जानकारी दिए ।
कहाँबाट कति प्रतिनिधि ?
महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५, केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५, स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित)का कमिटीबाट ४५ (कम्तीमा दुई महिलासहित पाँचका दरले) प्रतिनिधि सहभागी हुनेछन् ।
यसैगरी, १६५ संघीय निर्वाचन क्षेत्रबाट एक हजार १३५, स्वदेशका विशेष जिल्ला कमिटीअन्तर्गत ४७, दलित आरक्षणअन्तर्गत ८१ (कम्तीमा महिलासहित), श्रमिकबाट ४०, प्रवास कमिटीबाट ३५ (तीन महिलासहित) प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, केन्द्रीय विभागबाट ३२, जनसंगठनबाट १३७ (महिलासहित), पार्टी केन्द्रले मनोनित गर्ने १०१ गरी कुल प्रतिनिधि दुई हजार १२७ हुनेछन् ।
हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुनुपर्नेछ । न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि हुनेछन् । त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना