काठमाडौ । नेपाल स्काउटले काठमाडौँको लैनचौरस्थित आफ्नो ३ रोपनी जग्गा भोगचलन गरिरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई बक्यौता रकम तिरी जग्गा खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ। उक्त कम्पनी कांग्रेस नेता दीपक खड्काको हो ।
तोकिएको समयभित्र जग्गा खाली नगरेमा त्यहाँ रहेका सम्पूर्ण संरचना र सामान जफत गरिने स्काउटले चेतावनी दिएको छ।
स्काउटले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै लामो समयदेखिको कानुनी लडाइँपछि पनि कम्पनीले जग्गा नछोडेकाले अन्तिम पटक चेतावनी दिएको हो। काठमाडौँ महानगरपालिका वडा नं. २६ (साबिक २९), लैनचौरस्थित कित्ता नं. १० को उक्त जग्गाका लागि नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्टबीच २०६५ सालमा १० वर्षे सम्झौता भएको थियो।
सम्झौताको अवधि २०७५ सालमा समाप्त भए पनि कम्पनीले जग्गा खाली गरेको थिएन। विवाद अदालतसम्म पुगेपछि काठमाडौँ जिल्ला अदालतले २०७६ असार १८ गते र पछि उच्च अदालत पाटनले २०७९ असार १३ गते नेपाल स्काउटको पक्षमा फैसला सुनाएको थियो।
अदालतको अन्तिम फैसलापछि पनि कम्पनीले अटेर गरी जग्गा भोगचलन गरिरहेको र बक्यौता रकमसमेत नतिरेको स्काउटले सूचनामा उल्लेख गरेको छ। यसअघि २०७९ चैत २८ गते ३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि स्थानीय प्रशासनको सहयोगमा २०८१ वैशाख ६ गते उक्त क्षेत्र सिलबन्दी गरिएको थियो।
अहिले प्रकाशित ७ दिने सूचनामा भनिएको छ, 'बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। उक्त समयभित्र बक्यौता नतिरे सम्झौताको बुँदा ४ र मुलुकी देवानी संहिता, २०७४ अनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ।' जफत गरिएको सम्पत्तिबाट पनि बक्यौता असुल नभएमा कम्पनीको अन्य जायजेथाबाट असुलउपर गरिने व्यहोरासमेत सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का
मन्त्री खड्काद्वारा ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन
प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
जलश्रोत व्यवस्थापनका लागि सरकार गम्भीर छ : मन्त्री खड्का