काठमाडौं । सुटुक्क भागेका भनिएका पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले समेत खड्का देश छाडेर भागेको दाबी गरेको थिए । गृहमन्त्रीले विदेश भागेको बताएको भोलिपल्टै निवर्तमान ऊर्जमन्त्री खड्का स्वदेशमै देखिएका हुन् ।
उनले आज बिहानै आफ्नै जेनजी आन्दोलनका क्रममा जलेको घरमा पत्रकार सम्मेलन गरेर आफु कँही कतै नभागेको जिकिर गरेका हुन् । गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको वताएका थिए । ‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तरवार्तामा भनेका थिए ।
तर, खड्का केही सिमित पत्रकारलाई बोलाएर आफ्नै घरबाट सार्वजनिक भएका हुन् । उनले आफु उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा पुगेको तर देश छोडेर नभागेको प्रष्टीकरण दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
मनोनयन प्रक्रियामा सहभागी हुन दीपक खड्काको आग्रह
दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर
जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का