सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०८२, ०९ : ५७
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए

काठमाडौं । सुटुक्क भागेका भनिएका पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले समेत खड्का देश छाडेर भागेको दाबी गरेको थिए । गृहमन्त्रीले विदेश भागेको बताएको भोलिपल्टै निवर्तमान ऊर्जमन्त्री खड्का स्वदेशमै देखिएका हुन् । 

उनले आज बिहानै आफ्नै जेनजी आन्दोलनका क्रममा जलेको घरमा पत्रकार सम्मेलन गरेर आफु कँही कतै नभागेको जिकिर गरेका हुन् । गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको वताएका थिए । ‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तरवार्तामा भनेका थिए ।

तर, खड्का केही सिमित पत्रकारलाई बोलाएर आफ्नै घरबाट सार्वजनिक भएका हुन् । उनले आफु उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा पुगेको तर देश छोडेर नभागेको प्रष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस