काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफू बीपी कोइरालालाई भगवान् र आदर्श मानेर राजनीतिमा आएको बताएका छन्।
आम निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै उनले रुख चिन्ह र चारतारे झन्डाबाहेक अरू सोच्न वा कल्पना गर्न पनि नसक्ने स्पष्ट पारेका हुन्।
भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको भन्दै खड्काले काठमाडौँ तथा सङ्खुवासभामा रहेका सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्। उनले सङ्खुवासभाको खाँदबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे जम्मा भई निर्वाचन कार्यालयमा जाने मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरे।
खड्काले सङ्खुवासभाका सम्पूर्ण मतदाता तथा कांग्रेस नेता–कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न र गराउनसमेत अपिल गरेका छन्। बीपी कोइरालाले जन्माएको पार्टीको चुनाव चिन्ह र झन्डाप्रति आफ्नो पूर्ण निष्ठा रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर
जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का