एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जोहरान ममदानी न्युयोर्क सहरको मेयरमा निर्वाचित भएपछि आफूले सहरलाई सफल भएको हेर्न चाहेको बताएका छन् । तर, उनले मेयरमा निर्वाचित ममदानीलाई वाशिङ्टनप्रति सम्मानजनक हुनुपर्ने चेतावनी दिएका छन् ।
“म नयाँ मेयरले राम्रो काम गरेको हेर्न चाहन्छु, किनकि म न्युयोर्कलाई माया गर्छु,” न्युयोर्क सहरका बासिन्दा ट्रम्पले फक्स न्यूजको ‘स्पेसल रिपोर्ट’ कार्यक्रमका लागि सञ्चालक ब्रेट बायरसँगको अन्तर्वार्तामा भने ।
राष्ट्रपतिले ममदानीले आफ्नो विजय भाषणमा दिएका तीव्र अभिव्यक्तिहरूको उल्लेख गरेका थिए, जसमा ममदानीले ट्रम्पलाई हस्क्षेप नगर्न र उनीहरूमध्ये कसैलाई छोए ट्रम्पले त्यसको सामना गर्नुपर्ने बताएका थिए ।
ट्रम्पले फक्स न्यूजमा भने, “मेरो विचारमा यो ममदानीको अत्यन्त खतरनाक अभिव्यक्ति हो । उनले वाशिङ्टनप्रति थोरै सम्मान देखाउनुपर्छ, किनकि यदि त्यस्तो गर्नुहुन्न भने सफलताको कुनै सम्भावना छैन ।”
पत्रकारले ममदानीलाई भेट्ने योजना छ भन्ने प्रश्नमा ट्रम्पले मेयर–निर्वाचित ममदानीले नै उनलाई भेट्न पहल गर्नुपर्ने बताए । उनले थपे, “मलाई लाग्छ, उहाँले नै हामीलाई भेट्न पहल गर्नु बढी उपयुक्त हुनेछ ।”
ममदानीको ऐतिहासिक जित, ट्रम्पको आलोचना
जोहरान ममदानीले मंगलबार सम्पन्न मेयर निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै जित हासिल गरेका थिए । उनले न्युयोर्कका पूर्वगभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन उमेदवार कर्टिस स्लिवालाई पराजित गरे ।
ट्रम्पले चुनावअघि नै महिनौंसम्म ममदानीमाथि आक्रमण गर्दै आएका थिए । उनले ममदानीलाई ‘कम्युनिस्ट’भन्दै उपहास गरेका थिए । यदि, ममदानी निर्वाचित भएमा न्युयोर्क सहरका लागि संघीय कोष रोक्न सक्ने चेतावनी दिएका थिए ।
गत अक्टोबरमा ह्वाइट हाउसले न्युयोर्कका यातायात परियोजनाहरूका लागि अरबौं डलरको कोष रोक्का गरिएको जानकारी दिएको थियो । ट्रम्पले मतदानअघि सोमबार मतदाताहरूलाई कुओमोलाई समर्थन गर्न आह्वान समेत गरेका थिए ।
ममदानीको जितपछि ट्रम्पले भने– चुनाव नतिजा रिपब्लिकन पार्टीका लागि राम्रो छैन, न्युयोर्क सिटीको मेयर चुनावमा डेमोक्रेटिक पार्टीका ममदानीले जित हासिल गरेपछि ट्रम्पले यदि डेमोक्रेटहरू सत्तामा आएमा स्थिति धेरै खराब हुने बताएका छन् ।
मंगलबार अमेरिकाका दुई प्रान्तहरूमा गभर्नर र धेरै सहरहरूमा मेयर पदका लागि चुनाव भएका थिए ।
राष्ट्रपति ट्रम्पले सिनेटरहरूसँग भएको छलफलमा चुनावबारे बोल्दै यदि आफूले भनेको कुरा गरेमा डेमोक्रेटहरूले कहिल्यै सत्ता हासिल गर्न नसक्ने बताए । उनले देशका लागि राम्रो हुने धेरै कानुनहरू पारित गर्ने पनि बताए ।
ट्रम्पले सर्वेक्षणअनुसार संघीय सरकारको सटडाउन (सरकारी कामकाज बन्द) रिपब्लिकन पार्टीका लागि ठूलो नकारात्मक कारण रहेको बताए । अमेरिकामा अक्टोबर १ बाट संघीय सरकार सटडाउनमा छ । यो अहिलेसम्मकै सबैभन्दा लामो सटडाउन हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० कार्तिक २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध