काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको सङ्गठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।
बैठकले अध्यक्षद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्तावउपर समेत निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि