ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्कँदा एक बालकको मृत्यु भएको छ । आइतबार (असार २८) साँझ ढोरपाटन नगरपालिका–२, सलामकोटमा घरको पर्खाल भत्कँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।
मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका उनको भनाइ छ ।
उनले भने, “घर अलि अप्ठ्यारो ठाउँमा रै’छ । पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खाल नै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन् । आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असार २०८३, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपालीको मृत्युपछि सरकारमाथि गम्भीर प्रश्न उठ्यो
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु