हेटौँडाको कर्रा खोलामा बाढीले बगायो ट्रक

सफल खबर संवाददाता

सोमबार, २९ असार २०८३, ११ : ०६
हेटौँडाको कर्रा खोलामा बाढीले बगायो ट्रक

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङसमेत ट्रकसँगै बगेका थिए । उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको बताइएको छ ।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस