काठमाडौँ। नेकपा एसका महासचिव घनश्याम भुसालले जेनजी आन्दोलनपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् ।
पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो राजनीतिक अवस्थाले गम्भीर समीक्षा बैठकमा हुनुपर्ने बताएका छन् ।
अहिले नेकपा एसको एकताको प्रक्रियाको कुरा पनि चलिरहेकाले यसमा पनि बैठकले समीक्षा गर्ने बताए ।
‘हामीले यो बैठक असाधारण परिस्थितमा गर्न लागिरहेका छौँ । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दै छौँ,’ महासचिव भुसालले भने ।
उनले पार्टी जीवनका लागि पनि यो बैठक महत्त्वपूर्ण रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल