काठमाडौ । हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइपुर्याइँदै छ।
सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिए।
‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, घिसिङले भने, ‘तर त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहनुहुनेछ।’
काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु
हमासले इजरायललाई दियो विपिन जोशीको शव
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्यो पुष्टि
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी