जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।
बिहीबार बिहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथ ग्रहण समारोह तय भएकाे छ।
लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
जनमत विभाजन भएको अवस्थामा जनमतका सबै सांसदको हस्ताक्षर बुझाएर उनलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै कांग्रेस र एमालेले भने विरोध गरेका छन्।
हिजो मुख्यमन्त्री नियुक्ति हुँदै गर्दा उनीहरूले नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले साेनललाई मुख्यमन्त्री नियुक्त भएको पत्र दिएकी थिइन्।
जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि सोनल मुख्यमन्त्री बनेका हुन्।
एमाले-कांग्रेसले भने कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए। तर, उनीहरूले बहुमत जुटाउन नसकेपछि इतर गठबन्धनले सरकार गठन गरेको हो।
कांग्रेस-एमालेले प्रदेश प्रमुखसमक्ष जनमत पार्टी विभाजन भइसकेकाले सोनलको नियुक्तिको लागि बुझाइएको जनमतकाे हस्ताक्षर बैध नहुने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की