काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो।
जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए।
केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ।
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनस्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने तयारी गरेको छ। त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेट समय दिने तयारी छ। नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनलगायतको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
आजदेखि सुरु भएको बैठक ३ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने
एमाले केन्द्रीय कमिटी आजदेखि
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय
एमाले सचिवालय बैठक आज बस्दै
ओली बिरामी परेपछि एमालेको सचिवालय बैठक स्थगित