सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, ११ : ३३
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा हुनुपर्नेमा जोड दिएका छन् । जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनःस्थापनाको मुद्दा लिएर अघि बढ्न उनले सभामुखलाई सुझाव दिए ।

सभामुख घिमिरेले ११ राजनीतिक दलका पूर्वप्रमुख सचेतकहरूलाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन् । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका शाहीले संसदलाई निरन्तरता दिने वा पुनःस्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताए ।

प्रवक्ता शाहीले ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरेका थिए । राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुनःस्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस