कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०८२, १० : ०५
कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने

जनकपुरधाम । मधेश प्रदेशमा प्रदेश सभाको ठूलो दल एमाले र कांग्रेसलाई बाहिर राखेर अन्य सबै पाँच दल मिलेर नयाँ सरकार बनाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने गरी अन्य पाँच दल सहमतिमा पुगेका हुन् । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो ।

यी दलहरुसाग सरकार बनाउन आवश्यक ५६ सांसदहरुको संख्या पुग्छ । यी पाँच दल मिल्दा उनीहरुसँग ५८ सांसद हुन्छन् । तर लोसपाका एक् जना निलम्बित अवस्थामा छन् । निलम्बनमा रहेपनि उनीहरुसँग ५७ सांसदको संख्या पुग्ने छ । 

यस अगाडी जनमतकै अर्काे सरकार थियो । कांग्रेस एमालेले मुख्यमन्त्रीले राजीनामा नदिँदै कांग्रेसका नेताको नेतृत्वमा सरकार बनाउने गरी प्रदेश प्रमुखकहाँ निवदेदन दिएका थिए । तर राजनीतिले नयाँ मोड लिएपछि कांग्रेस र एमाले बाहिर रहेर नयाँ सरकार गठनले सार्थक्ता पाउन लागेको हो ।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । मन्त्रालयको भागबण्डा भन्ने टुंग्गिन बाँकी छ ।  जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र  दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन् ।

लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने सहभागी थिए । उनीहरुले कांग्रेस र एमाले बाहेकको सरकार बनाउने समझदारी बनाएका हुन् । 

केन्द्रमा कांग्रेस र एमाले गठबन्धनको सरकारलाई जने जी आन्दोलनले पाखा लगाएपछि मधेस प्रदेशमा पनि जने जी पुस्ताको मागका आधारमा कांग्रेस र एमालेले सरकार भन्दा बाहिर नै बस्नुपर्ने भन्दै त्यहाँ रहेका अन्य दलले सरकारको नेतृत्व सम्हाल्ने गरी समिकरण बनाएका हुन् । 

१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ ।