काठमाडौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।
मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्य तथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै
विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली
विपिन जोशीको शव आइपुग्यो
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै