काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी
कांग्रेस सभापति देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारी
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै