काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?