काठमाडौँ । हमासको सैन्य शाखा अल-कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।
इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।
होस्टेज एण्ड मिसिङ फोरमले हमासको यो कदमलाई पीडादायी तर महत्त्वपूर्ण भनिएको छ । समूहले विज्ञप्तिमा भनेको छ, ‘यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
आज रिहा होलान् त विपिन जोशी ?
विपिन जोशीको भिडियो सार्वजनिक
विपिन जोशी सकुशल रहेको इजरायली मिडियाको दाबी, आज राती भिडियो सार्वजनिक गरिने
विपिन जोशीको आमा र बहिनी इजरायल प्रस्थान
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’