आज रिहा होलान् त विपिन जोशी ?

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, ०६ : ५९
आज रिहा होलान् त विपिन जोशी ?

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।

बन्धकमा नेपालका विपिन जोशी पनि छन्। यद्यपि उनको वर्तमान अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न थरीका रिपोर्ट दिइरहेका छन्। कुनैले उनको अवस्था अज्ञात भनेको छ त कुनैले उनलाई जीवित बन्धकको सूचीमा राखेको छ। 

समयसीमा के हो?

हमासले बन्धकहरू रिहा गर्न स्थानीय समयअनुसार आज (सोमबार) दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५) सम्मको समय दिएको छ।

इजरायलले के भन्यो?

इजरायली सरकारका प्रवक्ता शोश बेद्रोसियानले स्थानीय समय सोमबार बिहान सबै २० जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन्।त्यसपछि उनीहरूलाई इजरायल ल्याइनेछ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन्।

गाजाबाट के जानकारी प्राप्त भएको छ?

गाजाको हमास-नियन्त्रित नागरिक रक्षाले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरिसकेको र उनीहरूलाई रिहाइ गर्नुअघि विभिन्न स्थानमा तितरबितर पारिएको छ।

स्रोतहरूले बीबीसीलाई बताएअनुसार हमासले अझै पनि मारवान बरघौती र अहमद सदातलगायत सात उच्च-प्रोफाइल बन्दीहरूको रिहाइको माग गरिरहेको छ।

ती सातमध्ये दुई जना पनि रिहा भए भने बाँकी रहेका सबै बन्धकहरूलाई आज रिहा गरिनेछ।

प्रतिक्रिया दिनुहोस