काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेकाे हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।
त्यसैगरी, बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। बैठकले राष्ट्रिय एकता कायम गर्न, दलबीच सहकार्य बढाउन र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असोज २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार