काठमाडौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने दबाब बढिरहेका बेला पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले यसप्रतिको बेवास्ताले परिस्थित अझै खराब हुने खतरा रहेको चेतावनी दिएका छन्।
जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट विस्थापित ओलीले नेताहरूको दबाबका बाबजुद अझै एमालेको नेतृत्व नछाड्ने अडान लिइरहेका छन्।
शुक्रबार मात्र भक्तपुरस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताले बिदा लिनुपर्ने लिखित प्रस्ताव राखेकी छन् भने उपाध्यक्ष युवराज ज्ञवालीले पनि अध्यक्ष ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन्।
यसैबीच जेनजी आन्दोलनभन्दा अघिदेखि नै ओलीप्रति आलोचक बनेका बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मूलत: आन्तरिक असन्तुष्टि र भद्रगोल अनि त्यसप्रतिको पूर्णत: बेवास्तामाथि अन्य चलखेलको जगको पछिल्लो राजनितिक परिदृश्यका भाग दुई र तीनका लेखाजोखा बाँकी नै रहेजस्तो देखिन्छ। के थाहा परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था अझै छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा