काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री राधादेवी कर्णको निधन भएको छ । कांग्रेस पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी ८१ वर्षीया कर्णको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
विसं २०४६ को जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाइ एवं पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत रहँदादेखि नै उनी अन्दोलनमा सहभागी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ ।
कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्व कर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति