काठमाडौं, । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघले आफूहरुलाई २४ घण्टाभित्र मोटरसाइकल र्याली गर्न अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ । राष्ट्रिय युवासंघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) आफूहरुलाई मोटरसाइकल र्याली गर्ने अनुमति नदिइएको खण्डमा सरकारको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।
‘आइतबार हामीलाई शान्तिपूर्ण बाइक र्याली गर्न दिइएन भने, सरकारले हाम्रो विधिको शासन मान्ने र स्वीकार गर्ने कुरालाई कमजोर मान्ने हो भने हामी सडकमा ओर्लिएर सरकारको विरुद्धमा लाग्ने हो भने चुड्कीको भर पनि रोक्ने सक्दैन यो सरकारले,’– अध्यक्ष थेबेले भने ।
राष्ट्रिय युवा संघले भोलि (शनिबार) गर्ने भनिएको बाइक र्याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ । उनले शान्ति स्थापना र नागरिकको रक्षाका लागि आफूहरुले गर्न लागेको मोटरसाइकल र्याली रोकेर सरकारले लोकतन्त्रको धज्जी उठाएको बताए ।
‘शान्तिपूर्ण प्रदर्शन गर्ने विषय लोकतन्त्रमा नागरिकको मौलिक हक हो । मौलिक हकलाई पनि बञ्चित गर्दै आज सरकार अधिनायकवादतर्फ अगाडि बढिराखेको छ, निरङ्कुशतातर्फ अगाडि बढिराखेको छ । शान्ति स्थापना र नागरिकको रक्षाका लागि गर्न लागिएको मोटरसाइकल र्यालीलाई रोकेर यो सरकारले लोकतन्त्रको धज्जी उडाएको छ,’– उनले भने ।
उनले अधिनायक र निरङ्कुशतावाद हाबी हुन थालेको भन्दै सच्चिनका लागि सरकारलाई सुझाव दिए । आफूहरुले सुशान, विधिको शासन र कानूनी राज्य मानेकाले सरकारले लगाएको रोकलाई स्वीकार गरिएको उनले बताए । उनले आफूहरुको यो अनुशासनलाई कमजोरी नठान्न सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ असोज २०८२, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी