काठमाडौं। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेटतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए ।
ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउन सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको आशंका रहेको उल्लेख गरे ।
बैठकमा जेन-जी आन्दोलनपछिको अवस्थाबारे सघन रूपमा छलफल भएको उनले बताएका छन् । ज्ञवालीले जेन-जी युवाका आवाज स्वाभाविक भए पनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।
उनले जेन-जी आन्दोलनलाई आधार बनाएर भाद्र २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै एमालेको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गर्दै उनले शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक