काठमाडौं। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेटतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नेलाई गृहमन्त्री ओमप्रकाश अर्यालको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए ।
ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउन सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको आशंका रहेको उल्लेख गरे ।
बैठकमा जेन-जी आन्दोलनपछिको अवस्थाबारे सघन रूपमा छलफल भएको उनले बताएका छन् । ज्ञवालीले जेन-जी युवाका आवाज स्वाभाविक भए पनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए ।
उनले जेन-जी आन्दोलनलाई आधार बनाएर भाद्र २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै एमालेको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गर्दै उनले शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी