हुम्लाको चंखेलीमा जिप दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, १२ : २४
हुम्लाको चंखेलीमा जिप दुर्घटना

सिमकोट। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ ।

हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस