काठमाडौं । चुनाव होइन संसद पूर्नस्थापना माग गर्ने र भोलि शनिबार काठमाडौंमा पार्टीका जनवर्गीय संगठनको नेतृत्वमा मोटरसाइकल रयाली निकाल्ने तयारीमा रहेको नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ ।
बैठकको पूर्वसन्ध्यामा आफु निकट नेताहरुलाई सँगै राखेर ओलीले अन्तरिम सरकार बनेको एक महिनापछि हिजो बिहिबार प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा उठाउने र सरकारका निर्णयहरूविरुद्ध प्रतिवादकै तयारी गरेर चुनावी प्रक्रियालाई भने अन्योलतिर धकेल्ने नीतिको वकालत गरेका छन् ।
आँफुले सक्दा सम्म नेतृत्व नछोडने र नसकेपछि मात्र नेतृत्व छोडने हुँकार र दम्भ पनि देखाएका ओलीले सरकार नै अवैधानिक बनेको, गृहमन्त्रीमा केटाकेटीपन देखिएको र जेनजी आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न गठित छानबिन आयोग पूर्वाग्रही भएकोले नमान्ने उद्घोष ओलीले गरिसकेका छन् ।
पार्टीभित्रै उनको विकल्प अव खोज्नुपर्ने मत क्रमशः बलियो बनिरहेका बेला ओलीले राजनीतिलाई अन्यत्र मोडन नयाँ फन्डा अगाडी सार्दै मुलुकलाई मुठभेडको बाटोतिर लैजान चाहेका छन् । यही परिवेशमा आज उसको सचिवालय बैठक बस्दैछ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाका बारेमा छलफल गरेर ठोस धारणा तय गर्ने बताइएको छ ।
सचिवालयमा आज ओलीको नीति र ओलीले नेतृत्व नछोडने गरी लिन खोजिरहेको रवैयाको उनी इतर नेताहरुले शसक्त प्रतिवाद गर्ने तयारी गरेका छन् । राजनीतिमा फर्किन खोजिरहेकी पूर्व राष्ट्रपति विधा भण्डारीको सदस्यता समेत रोकेका ओलीविरुद्द भण्डारीलाई साथ दिएकाहरुको तर्फबाट कडा प्रतिवाद गर्ने नीति बनाएको बुझिएको छ ।
पार्टीमा फेरि पनि उमेरहद लगाउनु पर्ने, दुई कार्यकाल भन्दा बढी कार्यकारी नेतृत्व लिन नपाउने विषय फेरि उठ्ने देखिन्छ । कतिपयले अब नयाँ ढंगले नयाँ नेतृत्वमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेर जानुपर्ने मत पनि उठाउन थालेका छन् ।
सचिवालय बैठक आज बोलाएको उसले केन्द्रीय समितिको बैठक भने दुई दिन पछि धकेलेको छ । बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
एमाले अध्यक्ष ओली पक्राउविरुद्ध यस्ता छन् एमालेको आन्दोलनका कार्यक्रमहरु
नेकपा एमालेको सचिवालय बैठक शुरु