काठमाडौँ । इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
त्यस अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । श्री लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने
११ राजदूतलाई फिर्ता बोलाउँदा ६ देशका यी राजदूत किन भएनन् फिर्ता ?
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
अर्थमन्त्रीसँग ईयू र युरोपेली मुलुकका राजदूतको संयुक्त भेट