एजेन्सी । इजरायली गुप्तचर निकायले हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो सार्वजनिक गरेको छ।
उनलाई सन् २०२३ को अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएको थियो । जोशी अपहरणमा परेपछि रेकर्ड गरिएको अनुमान गरिएको उक्त पुरानो भिडियो बुधबार साँझ इजरायली समय अनुसार सार्वजनिक गरिएको हो।
जेरुसेलम पोस्टमा प्रकाशित समाचारअनुसार इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज 'बन्धक परिवार फोरम'को पहलमा सार्वजनिक गरिएको हो।
फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गाजाबाट प्राप्त जीवनको यो प्रमाणले हामीलाई विपिन जोशी जीवित हुनुहुन्छ भन्ने दृढ विश्वास दिलाएको छ।'
नेपाल सरकारले उनको रिहाइका लागि निरन्तर पहल गर्दै आएपनि हाल उनकव अवस्था अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ असोज २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशी सकुशल रहेको इजरायली मिडियाको दाबी, आज राती भिडियो सार्वजनिक गरिने
विपिन जोशीको आमा र बहिनी इजरायल प्रस्थान
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
परराष्ट्र मन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र