बाजुरा । बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो ।
उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको थियो ।
बडीमालिका नगरपालिका-१ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ चैत्र २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा काँग्रेसका जनकराज गिरी विजयी
बाजुरामा मतगणना सुरु
बाजुरामा सात मतदानस्थल थपिए