काठमाडौ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी गाउँमा देखिए खबर गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ।
‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना कैदीबन्दी फर्किए पनि अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ।
ती यो चाडपर्वको समयमा गाउँघरमा हुन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर-डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।’
त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए।
उनले भने, ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा र केही हाम्रो सम्पर्कमा छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो