काठमाडौ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी गाउँमा देखिए खबर गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ।
‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना कैदीबन्दी फर्किए पनि अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ।
ती यो चाडपर्वको समयमा गाउँघरमा हुन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर-डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।’
त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए।
उनले भने, ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा र केही हाम्रो सम्पर्कमा छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ