काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट फर्केपछि ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’सहित शुरु भएको यो परम्परा कांग्रेसले निरन्तरता दिँदै आएको थियो। तर भदौ २३ र २४ गतेका अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवनदेखि सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायतका संरचनामा आक्रमण भएको, कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेताहरूलाई लक्षित हिंसात्मक गतिविधि भएको तथा पार्टी केन्द्रीय कार्यालयमा समेत आगजनी गरिएको कारण चाडपर्वकै बेला मुलुक शोकमा डुबेको भन्दै यस वर्ष चियापान कार्यक्रम नहुने कांग्रेसले जनाएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ। तर आम नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू गहिरो शोकमा रहेका कारण यस वर्षको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको छ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
कांग्रेसमा पूर्णबहादुर असफल भएको संस्थापनकै निश्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?