स्वेटर, टोपी स्टेशनरी र खेलकूदका सामग्री वितरण कार्यक्रम

सोमबार, १७ मंसिर २०७५, १६ : ३०
स्वेटर, टोपी स्टेशनरी र खेलकूदका सामग्री वितरण कार्यक्रम

तनहुँ । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच देवघाट–५, गोहिटार, तनहुँमा रहेको श्री सिद्धमहाकाली माध्यमिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि स्टेशनरी तथा खेलकूदका सामाग्रीहरू वितरण गरेको छ । जोन २३ का एसिस्टेन्ट गोभर्नर डा. केशबराज भुर्तेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ७२ जना विद्यार्थीहरूलाई जाडोको मौसममा न्यानो होस् भन्ने हेतुले स्वीटर र टोपी समेत वितरण गरिएको क्लबका अध्यक्ष रोटरियन रमेश पौडेलले बताए । 

क्लबले स्थापना गरेको पहिलो रोटरी सामुदायिक गाउँ अन्तर्गत पर्ने उक्त विद्यालयमा क्लबका सदस्य रोटरियन देवमाया श्रेष्ठ तथा श्रीमान् गम्भीर श्रेष्ठज्यूका सुपुत्र स्वर्गीय रोबिन श्रेष्ठको वार्षिक तिथिको अवसर पारेर उनैको स्मृतिमा कार्यक्रम सम्पन्न गरिएको क्लबका सचिव रोटरियन इन्द्रप्रसाद रेग्मीले बताउनुभयो । सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि तिवारीज्यूले नारायणगढ रोटरी क्लबले करिब एक दशकदेखि गोहिटार क्षेत्रको विकासमा पु¥याएको उल्लेखनिय योगदानको स्मरण गर्दै विद्यार्थी भाइबहिनीहरूको लागि प्रदान गरिएको स्टेशनरी एवम् खेलकूदका सामग्रीहरूले उनीहरूको बौद्धिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा निकट भविष्यमा इ–लाइब्रेरी बनाउन लागिएको र सोको लागि चाहिने आवश्यक कम्प्यूटर टेबलहरू सहयोग उपलब्ध गराउनका लागि प्रधानाध्यापक बासदेव तिवारीज्यूले क्लबसँग अनुरोध गर्नुभयो । 

निवर्तमान अध्यक्ष रोटरियन नारायण प्रधानले क्लबले हालसम्म यस क्षेत्रमा गरेका कार्यहरूको बारेमा प्रकाश पार्दै आगामी दिनहरूमा पनि आवश्यकता हेरी थप कार्यक्रमहरू लिएर आउने बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि डा. केशबराज भुर्तेलज्यूले उक्त विद्यालयमा क्लबले बनाएको शिशुकक्षा भवन, खानेपानी इनार, ट्वाइलेट तथा वृक्षारोपण गरिएको विरुवाहरू अवलोकन पश्चात् नारायणगढ रोटरी क्लबले विद्यालय र रोटरी सामुदायिक गाउँमापु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।  

कार्यक्रममा संस्थापक अध्यक्ष रो. निरञ्जन प्रधान, पूर्व अध्यक्षहरू रोटरियन अरुणकुमार पिया, रोटरियन विज्ञानलाल श्रेष्ठ, रो. कृष्णप्रसाद श्रेष्ठ, वर्ष २०२०–२१ का लागि मनोनित अध्यक्ष रो. अनुकूल श्रेष्ठ, प्रथम उपाध्यक्ष रो. अरुणकुमार खनाल, द्वितीय उपाध्यक्ष रो. नगेन्द्रबहादुर श्रेष्ठ र सदस्यहरू रो. प्रदिप सापकोटा, रो. देवमाया श्रेष्ठ, रो. अञ्जुकृष्ण जोशी, रो. ज्ञानु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस