रौतहटमा ३३४ किलो गाँजा बरामद

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, ११ : २०
रौतहटमा ३३४ किलो गाँजा बरामद

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन्।

मोतीपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस